सूचनाको शक्ति - The Power Of Information

        

एमसीसीको पक्षमा मतदान गर्ने लोसपाको निर्णय

काठमाडौं । १३ सांसद भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

बरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार दिउँसो बसेको संसदीय दलको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको सांसद चन्दा चौधरीले जानकारी दिनुभयो ।

विकासका लागि ल्याइएको परियोजना भएकाले र पहिल्यैदेखि सरकारमा संलग्न पनि रहेकाले समर्थन गर्ने निर्णय भएको उहाँको भनाइ छ ।

सरकारले आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरेको छ भने बिहीबारको बैठकमा सामान्य छलफल गरिने सम्भावित कार्यसूची छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार १८:११