सूचनाको शक्ति - The Power Of Information

        

एमसीसीको डढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको हो : भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले एमसीसीको डढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको भएको बताउनुभएको छ ।

उहाँले गएराति साजिक संजाल ट्वीटर मार्फत यस्तो बताउनुभएको हो । एमसीसीको डढेलो लगाएपछि अब यसलाई निभाउने जिम्मा पनि सबै दलको रहेको बताउदै २ वटा विकल्पसमेत अघि सार्नुभएको हो ।

उहाँको पहिलो विकल्प सत्ता गठबन्धनमा रहेका सबै दलले एमसीसीको पक्षमा भोट हाल्नुपर्ने छ । दोस्रो तर यदि त्यसो हुन नसके नयाँ समीकरण बन्नुपर्ने उहाँको जोड छ ।

एमसीसीका सम्बन्धमा दुई विकल्प बाहेक अरु कुनै पनि विकल्प हुन नसक्ने बाबुरामको उहाँको तर्क छ ।

उहाँले ट्वीटर लेख्नु भएको छ :

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार ०९:३७