सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

देशभर १३४ जना गम्भीर प्रकृतिका कोभिड संक्रमित (सूचीसहित)

काठमाडौं । देशभर गम्भीर प्रकृतिका कोभिड–१९ संक्रमित १३४ जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आइसीयूमा ११५ र भेन्टीलेटरमा १९ जना उपचाररत छन् । प्रदेश १ मा आईसीयूमा ८, भेन्टीलेटरमा २, संस्थागत आइसोलेसनमा २५, होम आइसोलेसनमा १ हजार ३९२ र मृत्यु १ हजार ७१२ जनाको भइसकेको छ ।

मधेस प्रदेशमा आइसीयूमा २,संस्थागत आइसोलेसनमा ३, होम आइसोलेसनमा १ हजार १२१ र मृत्यु ७८५ जनाको भएको छ । मन्त्रालयका अनुसार बागमती प्रदेशमा आइसीयूमा ९०,भेन्टीलेटरमा १५, संस्थागत आइसोलेसनमा २५६, होम आइसोलेसनमा ४ हजार ७७४ र मृत्यु ५ हजार १५९ भएको छ ।

गण्डकी प्रदेशमा आइसीयूमा १, भेन्टीलेटरमा १, संस्थागत आइसोलेसनमा १३, होम आइसोलेसनमा ८८१ र मृत्यु १ हजार ४२२ जनाको भइसकेको छ । लुम्बनी प्रदेशमा आइसीयूमा ७, संस्थागत आइसोलेसनमा ३७, होम आइसोलेसनमा १ हजार २१३ र मृत्यु १ हजार ८६० जनाको भएको मन्त्रालयले प्रष्ट पारेको छ ।

कर्णाली प्रदेशमा आइसीयूमा १, संस्थागत आइसोलेसनमा ५, होम आइसोलेसनमा १७१ र हालसम्म ४८२ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेशमा आइसीयूमा ६, भेन्टीलेटरमा १, संस्थागत आइसोलेसनमा ४१, होम आइसोलेसनमा ७९७ र मृत्यु ५०८ जनाको भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार ०८:३५