सूचनाको शक्ति - The Power Of Information

        

नेष्डो समृद्ध लघुवित्तको आईपीओ खुल्यो, आजदेखि आवेदन दिन सकिने

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आज बुधबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ ।

लघुवित्तले प्रतिशेयर रु. १०० रुपैयाँ अंकित दरका ८ लाख २८ हजार ७५० कित्ता शेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो ।

लघुवित्तले निष्काशन गरेको कुल ८ लाख २८ हजार ७५० कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । यी बाहेक बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता शेयर भने सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

सो आइपीओमा छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ । लघुवित्तको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १००० कित्तासम्मको लागि आवेदन दिन सकिनेछ ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ ।

हाल लघुवित्तको चुक्ता पूँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी २५ करोड ५० लाख पुग्नेछ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार ०८:१२