सूचनाको शक्ति - The Power Of Information

        

बैतडीमा भूकम्पको धक्का

बैतडी । बैतडी, दार्चुला, लगायतका सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

मंगलबार दिउँसो ३ बजेर ५२ मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुलालगायतका जिल्लामा धक्का महसुस गरिएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार ४ दशमलब १ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु बैतडीको कोटपेटरा रहेको छ ।
भूकम्पको क्षतीबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलवार १९:०६