सूचनाको शक्ति - The Power Of Information

        

युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता

बीबीसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएको घोषणा गरेका छन् । उनको यो घोषणासँगै रुस र युक्रेनको सीमा क्षेत्रमा जारी तनाव झनै बढ्ने निश्चित भएको छ ।

रुसी समर्थक पृथकतावादीको नियन्त्रणमा रहेका लुहान्स्क र डोनेस्कले स्वतन्त्र राज्यको मान्यता पाएका हुन् । पुटिनले स्वतन्त्र राज्यको मान्यता दिने आदेशमा हस्ताक्षर गरेको बीबीसीले जनाएको छ । सोमबार राति सम्बोधन गर्दै पुटिनले यस्तो बताएका हुन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलवार ०९:३१