सूचनाको शक्ति - The Power Of Information

        

त्रिभुवनको शालिक कुर्दै ‘रातभर पहरा’

बाँके । बाँकेको नेपालगन्जस्थित त्रिभुवन चोकमा राजा त्रिभुवनको सालिक परिसरमा युवाहरुले रातभर पहरा दिएका छन् । शनिबार बिहान सालिक राखेका राजसंस्था समर्थित युवाले रातभर पहरा दिएका हुन् ।

सालिक हटाउन माथिबाट निर्देशन आएको हल्ला चलेपछि युवाहरु आगो बालेर रातभर जागा बसेका थिए । नेपालगन्जका विभिन्न चोकको राजा र नेताहरुको नाममा नामाकरण गरेर शालिक राखिएको छ ।

दोस्रो जनआन्दोलनका क्रममा राजाको सालिक तोडिएका थिए । नेताका सालिक भने सुरक्षित छन् । २०६२/०६३ सालको जनआन्दोलनमा फालिएका राजाका सालिक पुनःस्थापना गर्ने प्रयास भइरहेको छ ।

यता प्रहरीले वीरेन्द्र चोकमा पहरा दिएको छ । राजसंस्था समर्थितले वीरेन्द्रचोकमा पनि सालिक राख्ने उद्घोष गरेपछि प्रहरीले सालिक राख्न नदिन वीरेन्द्र चोकमा पहरा दिएको हो । चोकमा ठूलो संख्याका प्रहरी खटिएका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार १८:०६