सूचनाको शक्ति - The Power Of Information

        

सुनको मूल्य प्रतितोलामा ४०० रुपैयाँ घट्यो

काठमाडौं  । नेपाली बजारमा आज प्रतितोला सुनको मूल्य ४०० रुपैयाँ घटेको छ ।

आइतबार प्रतितोला ९६ हजार ६०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य आज (सोमबार) ९६ हजार २०० रुपैयाँमा झरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार आज तेजाबी सुन प्रतितोला ९५ हजार ७०० रुपैयाँमा कारोबार हुनेछ । बिहीबार यो गुणस्तरको सुनको मूल्य ९६ हजार १०० रुपैयाँ तोकिएको थियो ।

यसैगरी, चाँदीको मूल्य पनि आज प्रतितोलामा ५ रुपैयाँ घटेको छ । हिजो प्रतितोला १३०५ रुपैयाँ रहेको चाँदीको प्रतितोला मूल्य आज १३०० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार ११:१०