सूचनाको शक्ति - The Power Of Information

        

रोल्पामा टिपर खस्दा एकजनाको मृत्यु

काठमाडौं । रोल्पाको लुङग्री गाउँपालिका–४, जलुकेमा गए राति टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । चालक घाइते छन् ।

टिपरमा सवार लुङग्री गाउँपालिका–२ का ३७ वर्षीय अमृतबहादुर वलीको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा सुलिचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको जनाइएको छ ।

चालकलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी अस्पताल पठाइएको छ । लमहीबाट इँटा लिएर सिर्पतर्फ जाँदै गरेको रा१ख १७८७ नम्बरको टिपर अनियन्त्रित भएर पल्टिएको थियो । टिपर सडकबाट करिब १५० मिटर तल खसेको जनाइएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार १०:२६