सूचनाको शक्ति - The Power Of Information

        

मदिराको विषयमा विवाद हुँदा छोराले गरे बावुको हत्या

संखुवासभा । मदिरा खाएको विषयमा विवाद हुँदा संखुवासभामा छोराले बावुको हत्या गरेका छन् ।

संखुवासभाको सभापोखरी–२ का १७ वर्र्षिय सुमन दर्जीले शनिबार राति मदिरा खाएर घर आएपछि ५० वर्षीय बावु दलबहादुर दर्जीले सम्झाउन खोजेका थिए ।

सम्झाउने क्रममा आक्रोशित सुमनले बुवामाथि हयाम्मर प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले शनिबार राति नै सुमनलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतवार १९:००