सूचनाको शक्ति - The Power Of Information

        

एमसीसीविरुद्धको प्रदर्शन : काठमाडौंमा चल्यो गोली

काठमाडौं । सरकारले एमसीसी संसद्मा टेबल गरेसँगै राजधानी तनावग्रस्त बनेको छ । एमसीसी टेबल भएपछि बानेश्वर क्षेत्रमा आन्दोलन थप चर्किएको छ । एमसीसीको विपक्षमा रहेका आन्दोलनकारीहरुले बानेश्वर क्षेत्रमा आन्दोलन थप चर्काएका हुन् ।

उनीहरूले सरकारविरुद्ध चर्काे नाराबाजी लगाउँदै निषेधित क्षेत्रमा प्रदर्शन गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको छ । अहिले विजुलीबारदेखि बानेश्वरसम्मको क्षेत्र तनावग्रस्त छ । प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले गोलीसमेत चलाएको छ ।

बानेश्वर क्षेत्रमा भइरहेको प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले रबरको गोली चलाएको हो । प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ अगाडि बढेपछि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतवार १७:०६