सूचनाको शक्ति - The Power Of Information

        

संसद भवन वरपर सुरक्षा व्यवस्था कडा बनाईयो

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) विरूद्ध हुने प्रदर्शनलाई लक्षित गरी संसद भवन वरपरको क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

एमसीसी विरुद्ध विभिन्न दलहरूले निरन्तर विरोध प्रदर्शन गर्न थालेपछि सुरक्षा व्यवस्था कडा बनाइएको हो ।

संसद भवन अगाडिको सडकमा निषेधित क्षेत्र घोषणा गरेर प्रहरीले बार लगाएको छ ।

आज पनि दल र मोर्चाले विरोध प्रदर्शन गर्ने तयारी गरेका छन् ।

एमसीसी संसदबाट अनुमोदन गर्ने प्रस्ताव पेश गर्ने निर्णय आज सत्ता गठबन्धनका नेताहरुले गरिसकेका छन् ।

विरोध प्रदर्शन हुने भएसँगै सो क्षेत्रको ट्राफिक अस्तव्यवस्त हुने भएको छ । ट्राफिक प्रहरीले दिउँसो जुलुस निस्कने भएकाले वैकल्पिक मार्गहरुको प्रयोग गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतवार १२:४४