काठमाडौं । सोमालियामा रेष्टुरेन्टमा बम बिस्फोट हुँदा १३ जनाको मृत्यु भएको छ ।
मध्य सोमालियाको एक शहरमा रहेको रेष्टुरेन्टमा भएको विस्फोटम २० जना घाइते भएका छन् । मृत्यु हुनेहरु अधिकांश सर्वसाधारण रहेको अलजजिराले जनाएको छ ।मृतकमध्ये दुई जना सरकारी अधिकारीहरु पनि रहेका छन् ।
विस्फोटले भौतिक संरचनामा समेत ठूलो क्षति भएको अधिकारीहरुले जनाएका छन् । विस्फोट लगत्तै घाइतेहरुलाई अस्पताल पुर्याईएको थियो ।
राजधानी मोगादिसुबाट करिब २१० माइल उत्तरमा रहेको क्षेत्रमा संसदीय मतदानको पूर्वसन्ध्यामा विस्फोट भएको समाचारमा जनइएको छ ।आक्रमणमा एक जना संसंदीय निर्वाचनका उम्मेद्वार पनि रहेको बताइएको छ ।
सो आक्रमणको जिम्मा सशस्त्र समूह अल शबाबले लिएको छ । सो समुहले पछिल्ला हप्तादेखि विभिन्न स्थानमा सरकारी अधिकारीहरुलाई लक्षित गरी विस्फेट गराउँदै आएको दावी पनि गरेको छ ।
अल कायदासँग निकट रहेको सो विद्रोही समुहले केन्द्र सरकारलाई ध्वस्त पार्ने चेतावनी दिदै आएको छ ।
।