
गुल्मीको मालिका गाउँपालिका-३ दर्लिङमा बिहीबार पहिलो पटक बस पुगेपछि खुसियाली मनाउँदै स्थानीयवासी । तस्वीर : हुमाकान्त पोखरेल/रासस

दाङको घोराही- ६ का किसान बरसिम घाँस काटदै । यो घाँस गाईवस्तुका लागि पोसिलो हुन्छ । तस्वीर : रञ्जिता अधिकारी/रासस

अन्तराष्ट्रिय बाल क्यान्सर दिवसका अवसरमा कान्ति बाल अस्पतालमा गरिएको क्यान्सरको लोगो अंकित दीप प्रज्वलन । तस्वीर : रत्न श्रेष्ठ/रासस

सङ्खुवासभाको मकालु गाउँपालिका-३ उलिङस्थित पृथ्वी आधारभूत विद्यालयमा भुँइमा बसेर पढ्दै कक्षा १ का विद्यार्थी । तस्वीर : भविन कार्की/रासस

लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङमा निर्माण हुँदै गरेको प्रदेशसभा भवन । तस्वीर : दीपक बोहरा/रासस

बागलुङको तमानखोला गाउँपालिका-३ स्थित तमान गाउँमा फुलेको तोरीबाली । तस्वीर : रामबहादुर थापा/रासस
।