सूचनाको शक्ति - The Power Of Information

        

राप्रपामा अपमान् सहन नसकेर पुरानै घरमा फर्किएँ : थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपाबाट आफूलाई पाखा लगाउने काम भएकोले पुरानै पार्टीमा फर्किएको बताउनुभएको छ ।

पार्टी घोषणा कार्यक्रममा अध्यक्ष थापाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई पाखा लगाउने परिस्थिति बनाएको आरोप लगाउनुभयो ।

राजसंस्थाले नै राप्रपाभित्रको एउटा गुटलाई समाउने र एउटालाई पाखा लगाउने काम गरिरहेको पनि उहाँले बताउनुभयो । सैद्धान्तिक रुपमा राप्रपामा विचलन आएको र आफूलाई गरेको अपमान् सहन नसकेपछि आफ्नै घरमा फर्किएको अध्यक्ष थापाले बताउनुभयो ।

पाँच वर्षअघि राप्रपा नेपाल र राप्रपाबीच एकता भएको थियो । त्यो एकता आफ्नो गल्ति भएको पनि थापाले बताउनुभयो । केही समय अघि सम्पन्न राप्रपाको एकता महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि थापाले राप्रपा छाड्नुभएको हो ।

थापाले आफूले पार्टी फुटाएको नभई पुरानो घरमा फर्किएको दावी गर्नुभयो । लाक्पा तामाङले नेतृत्व गर्दै आएको राप्रपा, नेपालको अध्यक्षमा केही दिन पहिले मात्रै थापा चयन हुनुभएको हो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार १८:५२