सूचनाको शक्ति - The Power Of Information

        

बझाङका दुई कैदीको कैद मिनाहा

बझाङ । प्रजातन्त्र दिवसको अवसर पारी बझाङमा दुई जना कैदीको कैद मिनाहा गरिएको छ । कारकागारमा ५० प्रतिशत कैद भुक्तान गरेका कैदीलाई दिवसको अवसर पारेर २ जनालाई कैद मिनाह गरिएको हो ।

कारागार रहँदा अनुशासन, असल आचरण तथा व्यवहार राम्रो गरेका दुई जना कैदीहरुलाई कैद सजाय माफी भएको जिल्ला कारागार बझाङले जनाएको छ । चोरी मुद्घाका एक जना र बहुविवाह मुद्घाका एक जना गरी दुई जना कैदीको कैद मिनाहा गरिएको जिल्ला कारागार बझाङका जेलर धनबहादुर घर्तीले बताए ।

कैदमुक्त हुनेहरुमा चोरी मुद्घाका जयपृथ्वी नगरपालिका–३ का ३३ बर्षिय मेखबहादुर खड्का र बहुविवाहको मुद्घाका केदारस्युँ गाउँपालिका–५ का २२ बर्षिय हर्क बोहरा रहेका छन् । चोरी मुद्घामा खड्कालाई २०७८ साउनमा १ बर्ष कैद सजाय सुनाएको थियो भने बहुविवाहको मुद्घामा बोहरालाई पनि २०७८ साउनमा १ बर्ष कैद सजाए सुनाएको थियो ।

करिब ८ महिना जिल्ला कारागार बझाङमा कैद भुक्तानका लागी रहँदा उनहिरुको असल चालचलन भएका, तोकिएको शर्त पुरा गरेका, कम्तीमा ५० प्रतिशतभन्दा माथी कैद भुक्तान गरेकाले उनीहरुलाई कारागार मुक्त गरिएको घर्तिले बताउनुभयो । सरकारले हरेक बर्ष बडा दशैँ, प्रजातन्त्र दिवस, गणतन्त्र दिवस, र संविधान दिवस पारी कैदीहरुलाई कैद मुक्त गर्ने गरेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार १८:४८