सूचनाको शक्ति - The Power Of Information

        

५०१ कैदीको बाँकी कैद मिनाह, १२ जनाको सजाय माफी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ५०१ कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा र १२ कैदीको सजाय माफी गर्नुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ को अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले कैद मिनाहा र सजाय माफी दिनुभएको हो ।

उनीहरूमो कैद माफी मिनाहा र बाँकी कैद सजा माफीको निर्णय आज शनिबारदेखि लागू भएको राष्ट्रपतिको कार्यालयद्वारा विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार १८:४३