सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाका ३५० बिरामी थपिए, ४ जनाको मृत्यु

काठमाडौं । देशभर कोरोनाका ३ सय ५० बिरामी थपिएका छन् ।

७ हजार ९६ जनामा गरिएको परीक्षणमा ३ सय ५० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका १ हजार २ सय ७२ संक्रमित संक्रमणमुक्त हुँदा कुल संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५० हजार ५६ पुगेको छ ।

सोही अवधिमा कोरोनाका कारण ४ जनाले ज्यान गुमाएका छन् । देशभर अझै पनि १३ हजार ३ सय ५७ कोरोना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा देशभर ७ लाख ६९ हजार ५ सय ७६ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । देशभर अहिलेसम्म ७३ प्रतिशतले एक मात्र र ६० प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार १८:४०