सूचनाको शक्ति - The Power Of Information

        

मानव अधिकार एलायन्समा गौतम

बाँके । मानव अधिकार एलायन्स बाँकेमा बसन्त गौतमको अध्यक्षतामा नयाँँ कार्यसमिति चयन भएको छ । शुक्रबार नेपालगञ्जमा भएको एलायन्सको जिल्ला सम्मेलनले १५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।

सो समितिको उपाध्यक्षमा ललिता चौधरी थारु, सचीवमा राम शुहाबन सोनकर, सह सचिवमा घनश्याम आचार्य र कोषाध्यक्ष शोभना मिश्रालाई चयन गरेको छ ।

सोही जिल्ला सम्मेलनबाट मिनु ओली शाह, रबि रोकाया, घनश्याम उपाध्याय, जसबिर बड, ज्ञानु स्वणकर, सनतकुमार कार्की, पुर्णप्रसाद पौडेल, केसवा रेग्मी, राजकुमार शुक्ला र कृष्ण गिरी सदस्यमा चयन भएका छन ।

सो भेलामा गैसस महासंघका केन्द्रीय सदस्य धर्मलाल रोकाय, बाँकेका पूर्व अध्यक्ष प्रभात कुमार ठकुरीलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार १८:३४