सूचनाको शक्ति - The Power Of Information

        

बाघ आतङ्कः

शनिवार बाँकेमा बाघले फेरी मान्छे खायो

योसँगै बाघले खानेको संख्या ५ पुग्यो

फाइल तस्वीर

बाँके । बाँकेमा  आज फेरी बाघले मान्छे खाएको छ ।

राप्तीसोनारी गाउँपालिका वडा नं. ६ डाँडाटेपरीका ६० बर्षीय धन बहादुर चलाउनेलाई बाघले खाएको हो ।

राप्ती पिडित सामुदायिक बनमा घाँस दाउरा गर्न गएका चलाउनेलाई बाघले शनिवार ८ बजेतिर झम्टेर लगेको थियो ।

प्रहरीको टोली र स्थानीयहरुले खोजतलाश गर्दा शव फेला पारेको अस्थायी प्रहरी पोष्ट फत्तेपुर ख का प्रहरी नायव निरीक्षक यज्ञ खत्रीले जानकारी दिए ।

योसमेत गरी बाघले बाँकेमा ५ जनालाई खाइसकेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार १०:२६