सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

एमसीसीबारे सहमति खोज्न सत्ता गठबन्धनको बैठक बस्दै, जुट्ला सहमति ?

काठमाडौ । सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । बैठक आज बिहान १० बजे बस्दैछ । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा सहमति खोज्ने प्रयासमा सत्ता गठबन्धनको बैठक बस्न लागेको हो ।

आज संसद्मा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ । संसद् अघि एमसीसीमा साझा धारणा बनाउने प्रयासमा सत्ता गठबन्धनले छलफल गर्न लागेका हुन् । बिहीबार दुई घण्टा बढी समयसम्म बसेको बैठकले निर्णय दिन नसकेपछि आज बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारको बैठकमा एमसीसी सम्झौता जसरी पनि संसदमा पेस गर्ने अडान दोहोर्याएका थिए भने नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी दलका नेताहरूले भने एमसीसी संसद्मा टेबल हुन नहुने अडान राखेका थिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार ०८:१३