काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज बिहीवार पनि घटेको छ । नेप्से आज एक दशमलव ९३ अङ्कले घटेर दुई हजार सात सय ३२ दशमलव ५२ विन्दुमा झरेको छ ।
आज व्यापार, जलविद्युत्, उत्पादन र म्युचुल फन्ड समूहको शेयर सामान्य बढेको छ भने अरू समूहको शेयर सामान्य ओरालो लागेको छ ।
आज बजारसँगै कारोबार रकम पनि घटेको छ । दुई सय २७ कम्पनीका ४० लाख १७ हजार कित्ता शेयर दुई अर्ब २७ करोड ७८ लाख रुपैयाँमा कारोबार भएकाे छ ।
सबैभन्दा धेरै जीवन विकास लघुवित्त संस्थाको २२ करोड ३७ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज सबैभन्दा धेरै बुद्धभूमि नेपाल हाइड्रोको शेयर चार प्रतिशतले घटेको छ ।
समग्रमा बजार घटे पनि तेह्रथुम पावर कम्पनी र युनाइटेड मर्दी जलविद्युत् कम्पनीको शेयर झण्डै साढे ६ प्रतिशतले बढेको छ ।
।