सूचनाको शक्ति - The Power Of Information

        

बाहुलीखोलामा डुबेर एक जनाको मृत्यु

बझाङ । बझाङको बाहुलीखोलामा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । बझाङको सदरमुकाम चैनपुरमा एसइईको तयारी गरिरहेका साइपाल गाउँपालिका धलौनका अन्दाजी १७ बर्षिया कल्क बोहराको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ ।

बिहीबार दिउँसो बाहुली खोलामा नुहाउन गएका बोहरालाई डुबेको स्थानियले देखिपछि स्थानियहरूले उद्धार गरि उपचारका लागि जिल्ला अस्पताल सिमखेत पुर्याइएको र उपचारको क्रममा बोहराको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका इन्स्पेक्टर लोकेन्द्र सिंह कार्कीले बताए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार १४:३२