काठमाडौं । भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षाको लागि परीक्षा केन्द्र तोकेको छ । यही फागुन २८ गते हुने परीक्षाका लागि काठमाडौंका ४५ स्थानमा परीक्षा केन्द्र तोकिएको छ ।
२०७७ साल चैत १७ गते भन्सार एजेन्टको इजाजतपत्रका लागि दरखास्त आवेदन माग गरिएको थियो । ६६० पदका लागि साढे ९ हजारले आवेदन दिएको भन्सार विभागले जनाएको छ ।
आवेदन दिएका १८ जनाको दोस्रो रोल नम्बरसहितको आवेदन फारम अस्वीकृत गरेर पहिलो रोल नम्बर कायम गरिएको विभागले जनाएको छ ।
ती परीक्षार्थीलाई पहिलो रोल नम्बर कायम भएको प्रवेशपत्र लिएर परीक्षामा सहभागी हुन विभागले आग्रह गरेको छ ।
हेर्नुहोस् भन्सार एजेन्टको परीक्षा केन्द्र
।