सूचनाको शक्ति - The Power Of Information

        

‘ए’ डिभिजन लिगः आज दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज आइतबार दुई खेलहरु हुँदैछ ।

लिगको ११ औं चरण अन्तर्गत आज दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा एक एक खेल हुनेछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ ।

एपीएफलाई हराएर मनाङ दोस्रो स्थानमा यथावत रहन चाहन्छ भने एपीएफ पनि मनाङलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा न्युरोड टिम एनआरटी र संकटा क्लबबीच दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ ।

एनआरटी र संकटा एक अर्कालाई हराएर अंक तालिका सुधार्न गर्न चाहन्छन् ।

लिगको उपाधि दुई खेल अगावै मच्छिन्द्र फुटबल क्लबले उचालेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार ०८:३६