काठमाडौं । नेपालमा फेरि पेट्रोलियम पदार्थको फेरि मूल्य बढ्ने संकेत देखिएको छ । भारतीय आयल कर्पोरेसनले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि नेपालमा पनि मूल्य बढ्ने संकेत देखिएको हो ।
बुधबार प्राप्त नयाँ मूल्यअनुसार प्रतिलिटर पेट्रोल ५.६१ रुपैयाँ, डिजेल ५.६२ रुपैयाँ र हवाई इन्धन ४.९५ रुपैयाँले बढेर आएको नेपाल आयल निगमले जनाएको छ । जसले गर्दा निगमलाई आगामी १५ दिनमा करिब दुई अर्ब ४१ करोड घाटा हुने देखिएको छ ।
निगमका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा मात्र निगमले करिब २४ अर्ब नोक्सानी बेहोरिसकेको छ । हाल भारतको सीमावर्ती बजार रक्सौलभन्दा नेपालको वीरगञ्ज क्षेत्रमा प्रतिलिटर पेट्रोल ३२ रुपैयाँ पुगेको छ भने डिजेल २५ रुपैयाँ पुगेको छ ।
एलपी ग्यास प्रतिसिलिन्डर ५० रुपैयाँ र हवाई इन्धन (आन्तरिकतर्फ) भारतको कलकत्ताभन्दा काठमाडौंमा ३५ रुपैयाँले सस्तो भएको निगमका सहप्रवक्ता पुस्कर कार्कीले जानकारी दिए । पेट्रोलियम पदार्थ आपूर्ति गर्न आवश्यक रकम जुटाई आपूर्ति व्यवस्था सहज बनाउन निगमलाई थप कठिन हुने बताएको निगमले मूल्य बढाउनेतर्फ संकेत गरेको छ ।
।