सूचनाको शक्ति - The Power Of Information

        

भारतका ‘डिस्को किंग’ बप्पी लहरीको निधन

काठमाडौं । भारतीय चलचित्र जगतका दिग्गज गायक तथा संगीतकार बप्पी लहरीको आज बिहान ७० वर्षको उमेरमा निधन भएको छ ।

एक महिनाको उपचारपछि  गएको सोमबार मात्रै लहरी अस्पतालबाट डिस्चार्ज हुनुभएको थियो । तर फेरि स्वास्थ्यमा समस्या देखिएपछि हिजो राति उहाँलाई अस्पताल लगिएको थियो ।

उपचारको क्रममा मुम्बईको एक अस्पतालमा निधन भएको भारतीय सञ्चार माध्ययमले लेखेका छन् ।  बप्पी लहरी भारतमा डिस्को किंगको नामले पनि चर्चित हुनुहुन्छ ।

बलिउड गीत संगीत क्षेत्रमा सक्रिय लहरीका ‘आइ एम अ डिस्को डान्सर’,’यार बिना चेन कहाँ रे’, ‘रात बाँकी’, ‘बम्बइ से आया मेरा दोस्त’ लगायत गीत चर्चित छन् ।

पछिल्लो समय भारतले गीत स‌ंगीतकाे क्षेत्रमा ठूला हस्तीहरुलाई गुमाएको छ । एघार दिन पहिले मात्रै भारतीय चर्चित गायीका लता मंगेशकरको निधन भएको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार १०:४५