सूचनाको शक्ति - The Power Of Information

        

‘ए’ डिभिजन लिगः आज तीन खेल हुने

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज बुधबार तीन खेलहरु हुँदैछ ।

लिगको ११ औं चरण अन्तर्गत बुधबार दुई खेल दशरथ रंगशाला र एक खेल एन्फा कप्लेक्समा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्र फुटबल क्लब र सातदोबाटो युथ क्लबबीच दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ ।

अब शीर्ष स्थानको मछिन्द्रलाई उपाधिका लागि ३ अंकको आवश्यकता रहेको छ । त्यसैले आज मछिन्द्र सातदोबाटोलाई हराउन चाहन्छ ।

मछिन्द्रले १० खेलमा २६ अंक जोडेको छ । छैटौं स्थानमा रहेको सातदोबाटो पनि मछिन्द्रलाई हराएर अंक तालिका सुधार्न चाहन्छ ।

दशरथ रंगशालामा हुने दोस्रो खेल नेपाल पुलिस क्लब र थ्री स्टार क्लबबीच खेल दिउँसो पौने ५ बजे सुरु हुनेछ ।

पुलिस १० अंक जोडेर दशौँ स्थानमा रहेको छ । थ्री स्टार १७ अंक जोडेर चौंथो स्थानमा रहेको छ । यी दुवै टिम एक अर्कालाई हराएर अंक तालिका सुधार्न चाहन्छन् ।

यस्तै सातदोबाटोस्थित एन्फा कप्लेक्समा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लबबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

आर्मी १८ अंक जोडेर लिगको तेस्रो स्थानमा रहेको छ । हिमालयन १२ अंक जोडेर आठौं स्थानमा रहेको छ । यी दुवै टिम एक अर्कालाई हराएर अंक तालिका सुधार्न चाहन्छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार १०:३५