सूचनाको शक्ति - The Power Of Information

        

जाडोयाम सकिँदै

तापक्रम बढ्दै, नेपालगन्जको २४ दशमलव ६ डिग्री सेल्सियस

देशका धेरै ठाउँमा घाम लाग्ने

काठमाडौं । जाडोयामको अन्तिमतिर आएसँगै चिसो कम हुन थालेको छ । बिहान र बेलुका केही चिसो भए पनि दिउँस गर्मी छ ।

केही दिन यता मौसम पनि सफा नै रहेकाले अधिकतम र न्युनतम तापक्रम बढेको छ । यसले गर्दा चिसो घट्दै गएको छ ।

विराटनगर,  सिमरा, जनकपुर र धनगढीको अधिकतम तापक्रम २५ डिग्री सेल्सियस भन्दा माथि पुगिसकेको छ भने नेपालगन्जको २४ दशमलव ६, भैरहवाको २४ दशमलव ३, वीरेन्द्रनगरको २३ र काठमाण्डौको अधिकतम तापक्रम १९ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ ।

आज पनि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार पहाडी क्षेत्रका एक दुई ठाउँमा भने हल्का वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार ०८:१८