बाँके । लुम्बिनी प्रदेश सरकारले आफ्नो स्थापना दिवसको अवसरमा मंगलवार ५७ जनालाई विभूषित गरेको छ ।
प्रदेश राजधानी दाङको भालुवाङमा एक कार्यक्रमको आयोजना गरी विभूषित व्यक्तिहरुलाई प्रदेश प्रमुख अमिक शेरचनले पदक प्रदान गरेका हुन् । विभूषित हुनेमा एक चिकित्सक दम्पति समेत रहेका छन् ।
बर्दिया अस्पतालका मेसु डा सुभाष पाण्डे र नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत स्त्री रोग विशेषज्ञ डा कविता सिन्हा विभूषित भएका छन् । पाण्डेलाई प्रदेश सेवा समर्पण पदक ‘ख’ बाट र सिन्हालाई समाजसेवा श्री पदकबाट विभूषित गरिएको छ ।
यस्तै नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत फिजिसियन डाक्टर आसिम किदवाई समाजसेवा श्री पदकबाट विभूषित गरिएको छ । त्यस्तै जिल्ला अस्पताल बर्दियामा कार्यरत जनरल सर्जन डा विजय उपाध्यायलाई पनि प्रदेश सरकारले प्रदेश सेवा पदक ‘ख’ प्रदान गरेको छ ।
।