सूचनाको शक्ति - The Power Of Information

        

भोलिको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा छैन एमसीसी

काठमाडौं । भोलि बुधबार बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूचीमा एमसीसी राखिएको छैन । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित तीन वटा कार्यसूचीमा एमसीसी उल्लेख छैन ।

महासचिव भरतराज गौतमद्वारा सार्वजनिक गरिएको कार्यसूचीमा एमसीसी नराखिएपछि बुधबारको बैठकमा पनि एमसीसी पेश हुने विषयमा अन्योलता थपिएको छ । मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले एमसीसी पेस गरेर पारित गर्ने निर्णय गरेको थियो ।

तर कार्यसूचीमा एमसीसी नराखिएपछि भोलिको बैठकमा पनि पेश हुने विषय अन्योलमा परेको हो । बुधबारको बैठकको कार्यसूचीमा शोक प्रस्ताव पारित गर्ने तयारी छ । यद्यपी, नयाँ कार्यसूचीमा एमसीसी समेटिने सम्भावना भने कायमै छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलवार १७:३६