सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

कांग्रेसको निर्णय, ‘संसदमा एमसीसी सम्झौताको पक्षमा मतदान’

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री एवम् कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको कांग्रेस संसदीय दलको बैठकले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले एमसीसी सम्झौता प्रतिनिधिसभा बैठकमा टेबुल गर्न सरकारलाई आग्रह गर्ने र सो सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको एक सांसदले जानकारी दिए ।

संसदीय दलको बैठकमा प्रधानमन्त्री देउवाले अमेरिकी परियोजना एमसीसी अनुमोदन गर्नुपर्ने बताएका थिए । प्रधानमन्त्री देउवाले संसदीय दलको बैठकमा उनका अनुसार बैठकमा एजेण्डा प्रस्तुत गर्दै एमसीसी अनुमोदन गर्नुपर्ने बताएका थिए ।

‘उहाँले (सभापति) भन्नुभयो कि एमसीसी पास हुनुपर्छ,’ संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कांग्रेस नेता शशांक कोइरालाले भने, ‘अरु सबैले त्यही बोले कि एमसीसी पास गर्नुपर्छ ।’

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलवार १३:३३