सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री देउवाले भने, ‘एमसीसी पास गर्नुपर्छ’

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी अनुमोदन हुनुपर्ने बताएका छन् । संसदीय दलको बैठकमा प्रधानमन्त्री देउवाले अमेरिकी परियोजना एमसीसी अनुमोदन गर्नुपर्ने बताएका हुन् ।

‘उहाँले (सभापति) भन्नुभयो कि एमसीसी पास हुनुपर्छ,’ संसदीय दलको बैठकपछि कांग्रेस नेता शशांक कोइरालाले भने । उनका अनुसार बैठकमा एजेण्डा प्रस्तुत गर्दै प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदन गर्नुपर्ने बताएका थिए । ‘अरु सबैले त्यही बोले कि एमसीसी पास गर्नुपर्छ,’ कोइरालाले भने ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलवार १२:५७