सूचनाको शक्ति - The Power Of Information

        

दाङमा टिपरको ठक्करबाट महिलाको मृत्यु, स्थानीयद्वारा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

दाङ । दाङमा टिप्परको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राप्ती गाउँपालिका-१ की ३५ वर्षीय डीला पौडेल रहेकी छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनलाई पूर्व-पश्चिम् राज्मार्गअन्तर्गत राप्ती गाउँपालिका-१ पाखापानीमा रा१ख १२८६ नम्बरको टिपरले बिहान ६ बजे ठक्कर दिएको थियो ।

साइकलमा दूध बेच्न भालुवाङ जाँदै गरेकी पौडेललाई टिपरले ठक्कर दिएको हो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलवार ०९:४८