सूचनाको शक्ति - The Power Of Information

        

भारतमा गत २४ घण्टामा ३४ हजारमा कोरोना पुष्टि,३४६ जनाको मृत्यु

काठमाडौं । भारतमा गत २४ घन्टामा थप ३४ हजार १ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा ९१ हजार ९ सय ३० जना संक्रमण मुक्त भएका छन् । त्यस्तै, गत २४ घण्टामा ३ सय ४६ जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले भारतमा ४ लाख ७८ हजार भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

कोरोना संक्रमणको तेस्रो लहर भारतमा पनि ओरोलो लागेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अहिले
दैनिक संक्रमणदर ३.१९ प्रतिशतमा झरेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार ११:११