सूचनाको शक्ति - The Power Of Information

        

इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलद्धारा बर्न्ले पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा दोस्रो स्थानको लिभरपुलले बर्न्लेलाई १–० ले हराएको छ ।

बर्न्लेको मैदानमा गएराति भएको खेलमा लिभरपुललाई विजयी गराउन ब्राजिलियन खेलाडी फाबिनोले ४०औं मिनेटमा निर्णायक गोल गरेका थिए।

जितसँगै लिभरपुलले शीर्ष स्थानको म्यान्चेस्टर सिटीसँगको अंक दुरी ९ अंकमा सिमित गरेको छ । २५ खेलबाट म्यान सिटीको ६३ अंक छ भने २४ खेल खेलेको लिभरपुलको ५४ अंक भएको छ ।

इंग्लीश प्रिमियर लिगकै अर्को खेलमा टोटनह्याम हट्सपरलाई वुल्भरह्याम्पटन वान्डरर्सले २–० ले हराउँदा न्युकासल युनाइटेडले एस्टन भिल्लालाई १–० ले पराजित गरेको छ ।

गएराति वेष्ट ह्याम युनाइटेड र लेष्टर सिटीले २–२ गोलको बराबरी खेलेका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार ०९:४९