सूचनाको शक्ति - The Power Of Information

        

गीत/संगीत

‘बाबा मेरा असी पुगेका, आमा मेरी साठी नाघेकी…’

बाबा मेरा असी पुगेका
ज्योति बसरे आँखें नदेख्ने
हाड छालाको काप्ने शरीर
भित्र बाहिर गर्नै नसक्ने
खोकी लागि मुर्छा परे
(हेर्ने कोही छैन सम्झेर मनै रुन्छ)

आमा मेरी साठी नाघेकी
फुस्रो अनुहार सेतै फुलेकी
घाँसको भारीले कुप्रो परेकी
छोराछोरीको पिरले सुकेकी
उठेदेखि नसुन्दासम्म
(कहिल्यै सुख छैन सम्झेर मनै रुन्छ)

सबै मेरो दाजु भाई
मुग्लान छिरेका पैसा कमाउन
बाउ बाजेले खाको ऋण
सबै मिलेर चुक्ता गराउन
विदेशीका पाउ मोल्दा हुन
(गल्ली कुर्दा हुन सम्झेर मनै रुन्छ)

हिँड्नु भयो बाबा मेरा
माया मारेर नौं डाँडा पारी
नजिक भए पानी खुवाउँथे
सक्दा नसक्दा मौका पारी
(हेर्ने कोही छैन सम्झेर मनै रुन्छ)

शब्द संगीत – कुलानन्द गिरी
स्वर – चन्द्रप्रकाश शर्मा ‘अंकित’

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार ०९:०५