सूचनाको शक्ति - The Power Of Information

        

कमल थापाले ब्यूँताए राप्रपा नेपाल, फागुन ७ मा घोषणा गर्ने

काठमाडौं । पूर्वउपप्रधानमन्त्री कमल थापाले राप्रपा नेपाल पुन: ब्यूँताउने भएका छन् ।

उनले देशको धरातलीय यथार्थ एवं सहयोगी तथा शुभचिन्तकको सुझावलाई मध्यनजर राख्दै राप्रपा नेपाल पुनर्जागृत गर्ने निर्णय गरेको आइतबार एक विज्ञप्ति जारी गरी बताएका छन् ।

२०६२/०६३ सालको जनआन्दोलन सफल भएपछि थापाले २०६३ सालमा राप्रपा नेपाल गठन गरका थिए । तर आफूहरुले २०७३ सालदेखि बाटो बिराएको भन्दै थापाले अहिले फेरि नियतीले ठीक ठाउँमा ल्याइपुर्‍याएको बताएका छन् ।

अबदेखि ‘हिन्दुराष्ट्र, सुशासन र समृद्धि’ राप्रपा नेपालको मूल एजेण्डा हुने थापाले बताएका छन् । उनले राप्रपा नेपालको घोषणासभा आगामी फागुन ७ गते काठमाडौंमा गर्ने पनि बताएका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतवार १६:५१