बाँके । बाँकेमा करिब ४२ हजार मतदाता थपिएका छन् ।
जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख खुमप्रसाद सुवेदीले साउनदेखि माघ २४ गतेसम्ममा जिल्लामा करिब ४२ हजार मतदाता थपिएको जानकारी दिए ।
यद्यपी जिल्लाको यकिन मतदाता संख्या निकाल्न भने केही दिन लाग्ने उनको भनाइ छ । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयलाई माघ २९ गतेसम्म बसाइसराइसहितको यकिन तथ्यांक पठाउन निर्देशन दिएको थियो ।
निर्वाचन कार्यालय बाँकेले एक महिनाभित्र मतदाता संख्या यकिन हुने बताएको छ। जनशक्ति अभावका कारणले बाँकेले त्यो काम पूरा गर्न सकेको छैन ।
निर्वाचन अधिकारी सुवेदीले अहिले मतदाता नामावली मिलाउने काम द्रुतगतिमा भइरहेको बताए । २०७७ पुस ५ गतेसम्ममा बाँकेमा दुई लाख ८८ हजार १४२ मतदाता थिए ।
नयाँ मतदाताको संख्या अद्यावधिक भएको छैन् ।
।