सूचनाको शक्ति - The Power Of Information

        

पाँच जना किशोरकिशोरीको रुपईडिहाबाट उद्धार

बाँके । सीमावर्ती भारतीय बजार रुपईडिहाबाट बाँके प्रहरीले पाँच जना किशोरकिशोरीको उद्धार गरेको छ ।

अभिभावकहरुले आफ्ना किशोरकिशोरी हराएको सूचना प्रहरीलाई दिएपछि इलाका प्रहरी कार्यालय जमुनाहाबाट प्रहरी नायव निरीक्षक मीनबहादुर विष्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले सीमापारी रुपईडिहा बजारबाट उनीहरुको उद्धार गर्न सफल भएको हो ।

विष्टका अनुसार बैजनाथ गाउँपालिका–६ बाँकेकी १८ वर्षीया तारा सुनार, कोहलपुर नगरपालिका–११ की १८ वर्षीया स्मारिका शाही, कोहलपुर नगरपालिका–३ का १६ वर्षीय सागर चन्द, बासगढी नगरपालिका–२ बर्दियाका १८ वर्षीय आर्दश सुनार र सोही स्थानका १९ वर्षीय सुजित सुनारलाई उद्धार गरिएको हो ।

उनीहरुलाई सोधपुछ गरेर परिवारको जिम्मा लगाइएको बाँके प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतवार १६:२७