सूचनाको शक्ति - The Power Of Information

        

सत्तारूढ गठबन्धन फुटतिर

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धन फुट्ने संकेत देखिएको छ ।

आगामी दिनमा हुने तीनै तहको निर्वाचनमा पाँच दलीय गठबन्धन कायम राख्ने सहमति भए पनि अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयलाई लिएर पाँच दलीय गठबन्धन फुट्ने देखिएको हो ।

एमसीसी सम्झौतालाई लिएर गठबन्धनमा रहेका पाँचवटै दल अप्ठयारो अवस्थामा छन् । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको शीर्ष नेताबीच पटकपटक छलफल भए पनि कुनै सहमति हुन सकेको छैन ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी संसदबाट पारित गर्नुपर्ने पक्षमा उभिदै आएका छन् । पाँच दलीय गठबन्धनको बैठकका साथै प्रमुख प्रतिपक्षी एमालेसँग समेत उनी एमसीसी पारित गर्नुपर्ने विषयमा दोहोरो छलफल गर्दै आएका छन् ।

सरकारका प्रवक्ता एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की एमसीसी संसदबाट पारित गर्ने विषयमा छलफल भइरहेको बताउँछन् । राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतवार ०८:४०