काठमाडौं । सरकारले आजदेखि १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको ‘बुस्टर डोज’ खोप दिने भएको छ ।
दोस्रो डोज खोप लगाएर ६ महिना पूरा भएका सबैले आजदेखि ‘बुस्टर डोज’ लिन पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बुस्टर डोजको रूपमा उपलब्धताका आधारमा कोभिसिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निर्णय भएको पनि मन्त्रालयले जनाएको छ ।
यसअघि सरकारले मिक्स म्याचको अवधारणा अनुसार ‘बुस्टर डोज’मा फरक–फरक खोप पनि दिएको थियो ।
कोभिड–१९ संक्रमण भएका व्यक्तिहरूले भने संक्रमणमुक्त भएको एक महिनापछि ‘बुस्टर डोज’ खोप लिन मन्त्रालयले अनुरोध गरेको छ ।
।