सूचनाको शक्ति - The Power Of Information

        

आज विश्व रेडियो दिवस

काठमाडौं । आज विश्व रेडियो दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रुअरी १३ मा रेडियो दिवस मनाउने गरिएको छ । रेडियोको महत्व, योगदान र चुनौतीहरूको समीक्षा गरी विश्व रेडियो दिवस मनाउने गरिन्छ ।

संयुक्त राष्ट्र संघको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोले यस वर्षको नारा ‘रेडियो र विश्वास’ तय गरेको छ । नेपालमा राणा शासन अन्त्यका लागि संघर्षरत नेपाली काँग्रेसले वि.स.२००३ सालमा रेडियोको प्रसारण शुरु गरेको थियो ।

औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको मानिन्छ । अहिले सूचना तथा सञ्चार मन्त्रालयबाट सञ्चालनको लागि इजाजत प्राप्त गर्ने एफएम रेडियोको संख्या देशभर ९०० हाराहारी छ ।

मन्त्रालयका अनुसार नियमित प्रसारणमा रहेका रेडियोको संख्या भने ७५० भन्दा बढी छ । निजी क्षेत्रबाट एफएम रेडियोको प्रसारण भएको २०५२ सालदेखि हो । विभिन्न सञ्चार माध्यमको विकास भए पनि रेडियो अझै सञ्चारको सबैभन्दा प्रभावकारी माध्यम मानिन्छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतवार ०८:१९