सूचनाको शक्ति - The Power Of Information

        

नेपाल बार एशोसिएशनले आजबाट भौतिक रुपमा आन्दोलन गर्ने

काठमाडौं । नेपाल बार एशोसिएशनले पुनः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलन सुरु गर्ने भएको छ ।

कोरोनाका कारण रोकिएको आन्दोलन आजबाट भौतिक रुपमै सुरु गर्न लागिएको बारले जनाएको छ ।

बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले न्यायपालिकाको शुद्धिकरण र सुदृढीकरणका लागि भौतिक रुपमा नै आन्दोलन गर्ने बताउनु भएको छ ।

बारले १०५ दिन अघिदेखि न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको प्रतिवेदन कार्यान्वयन तथा प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलन गर्दै आएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतवार ०८:१५