सूचनाको शक्ति - The Power Of Information

        

आज आइतबारको राशिफल यस्तो छ

मेष: आजको दिन राम्रो रहेको छ । कोणमा शुभ ग्रहले भ्रमण गर्दै गर्दा अन्तर्गतका ग्रहबाटसमेत राम्रो फल लाग्नेछ । राजनीति, सामाजिक , आर्थिक, वैदेशिक क्षेत्रमा सामान्य राम्रो रहे पनि विद्याको क्षेत्रमा गरिएको श्रम लगानीबाट धेरै उत्साहित बनाउला । परीक्षाको तयारीमा हुनुहुन्छ भने नतिजा राम्रो आउने देखिएको छ ।

वृष: दिन राम्रै छ । अरू क्षेत्रमा यावत रहे पनि कर्म क्षेत्रमा निकै राम्रो छ । आफ्ना बा, आमा, काका र मामा मध्ये कसैको आज्ञा लिएर थालनी गरेको काममा सफलता मिल्ने योग छ । वैदेशिक क्षेत्रमा धेरैले सहयोग गर्नेछन् । शिक्षाको क्षेत्रमा आलश्यता बढ्ने भएकाले लगानी नगर्नुहोला।

मिथुन: दिन राम्रो मान्नु पर्छ । वैवाहिक, पारिवारिक, सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । तपाई प्रतिको आकर्षण बढ्नेछ । व्यापार गर्नुहुन्छ भने ठूला मान्छेको संगत गर्नु । परोपकारबाट घाटा हुनेछैन । वैदेशिक रोजगारमा भने आजको दिन रोक्नु राम्रो हुन्छ ।

कर्कट : दिन सामान्य छ । कसैले सहयोग गर्लान् भनेर नसोच्नुहोला । राजनीति क्षेत्रमा सफलता मिल्नेछ । अन्य क्षेत्रमा अघि बढ्ने योग छैन । सावधान भएर बस्नुहोला ।

सिंह: दिन राम्रो छ । उमंग प्राप्त हुनेछ । वैदेशिक क्षेत्रमा राम्रो नभए पनि विद्याको क्षेत्र उज्जल रहेको छ ।

कन्या: दिन सामान्य रहेको छ । वैदेशिक क्षेत्रमा गरेको लगानीले राम्रो नतिजा प्राप्त हुने योग छ । आफ्नाहरुसँग सतर्क रहनुहोला ।

तुला: दिन धेरै नराम्रो छैन । विद्याको क्षेत्रमा लगानीको फल पाइनेछ । अरुले गरेको सहयोगले भन्दा पनि आफ्नै मिहेनतले सफलता मिल्नेछ । अरुको आस गर्नुभन्दा आफै अगाडि बढ्नुहोला ।

वृश्चिक: सज्जनको संगत गर्नुहोला । धार्मिक क्षेत्रमा मन लगाउँदा परिवारको कल्याण हुनेछ ।

धनु: आजको दिन राम्रो छ । पठनपाठनमा ध्यान जानेछ । लगानी गर्ने आँट गर्नुहोला वैदेशिक क्षेत्रमा राम्रो हुनेछ ।

मकर आज: सबै क्षेत्रमा सामान्य छ । विद्याको क्षेत्रमा भने जोश जाँगर बढ्नेछ । स्मरण शक्ति बढ्नेछ । शिक्षाको क्षेत्रमा अगाडि बढे, राम्रो आम्दानी हुनेछ ।

कुम्भ: दिन राम्रो छ । यात्रामा ननिस्कनु होला आजको यात्रा जोखिमपूर्ण रहेको छ । अरू क्षेत्रमा भने सफलता मिल्नेछ । सूर्य दर्शन गरेमा राम्रो हुनेछ ।

मिन: आज राम्रो छ । विद्याको क्षेत्रमा गरेको श्रम लगानीले फाइदा उठाउनेछ । धार्मिक क्षेत्रमा राम्रो रहेको छ । परेवा र गाइलाई खानेकुरा दिएर काम थाले सफलता मिल्नेछ ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतवार ०८:००