बझाङ । सुदूरपश्चिम प्रदेशका भौतिक पुर्बाधार विकास मन्त्री दीर्घ सोडारीले बझाङका आयोजनाको निरिक्षण गरेका छन् । शनिबार बझाङको सदरमुकाम तथा सेती पारि रहेको पानकोट जडारिगाड सडक खण्ड, सुर्मा सडक, पातिहाल्ना तलकोट सैपाल हुम्ला सडकखण्ड लगाएतका सडकको निरीक्षण गरेका हुन् ।
मन्त्री सोडारीले पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका जिल्लास्थित कार्यलयहरुको समेत अनुगमन गर्नुभएको छ । बझाङ जिल्लास्थित पूर्वाधार विकास कार्यालयल लगाएतका कार्यालयका प्रमुखसँग आयोजना कार्यन्वयनबारे जानकारी लिएका छन् । अनुगमनको क्रममा आयोजना दुर्त गतिमा कार्यान्वयन गर्न कार्यालय प्रमुखहरुलाई निर्देशनसमेत दिएका छन् ।
अहिले योजनाका कामहरु निरन्तर भइरहेकाले आवश्यकता अनुसार जिल्लामा अरु योजनाहरुको पनि माग अनुसार बजेट विनियोजन गरिने बताएका छन् । उक्त अनुगमन टोलीमा भौतिक पूर्वाधार विकास मन्त्री सोडारी, सुदूरपश्चिम प्रदेश अर्थराज्य मन्त्री माया तामाङ बोहरा र पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका जिल्लास्थित कार्यालयहरुका प्रमुख तथा प्रतिनिधिहरु रहेका छन् ।
।