सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाका ८३६ नयाँ संक्रमित थपिए, चारको मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर ८३६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ६ हजार ६५४ जनामा गरिएको परीक्षणमा ८३६ जना संक्रमित थपिएका हुन् ।

सोही अवधिमा चार जना संक्रमितको मृत्यु भएको छ । यस अवधिमा एक हजार ८२६ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

यस्तै हाल देशभर २६ हजार १०२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । हाल नेपालमा संक्रमणमुक्त हुने दर ९६ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार १६:४७