सूचनाको शक्ति - The Power Of Information

        

एनसेलले घटायो लोकल कलको महसुल

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नोसहित नेपालका अन्य कुनै पनि दूर सञ्चार सेवा प्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महसुल दर घटाएको छ ।

एनसेलले महसुल दर करबाहेक प्रतिमिनेट रु १.९९ बाट घटाई १.६२ कायम गरेको छ । प्रिपेड ग्राहकहरूका लागि लागू भएको यो नयाँ महसुल दरले देशभर समानरूपमा अन्य नेटवर्कमा मेन ब्यालेन्सबाटै पे एज यू गो दरअन्तर्गत कल गर्न अझै सुलभ बनाएको छ ।

यो परिमार्जित नयाँ महसुल दर यही माघ २८ देखि लागू गरिएको र २०७९ साउन २४ गतेसम्म जारी रहने एनसेलले जनाएको छ । नयाँ महसुल दरबाट लाभ लिन एस्ट्रिक्स १७१०७ ह्यास डायल गरी सेवा निःशुल्क सञ्चालन गर्न सकिनेछ ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार १६:४२