सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

कोरोनाबाट एकैदिन १४ जनाको मृत्यु, ११ सय २८ जना संक्रमित

देशभर २७ हजार ४४१ सक्रिय संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ११ सय २८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पछिल्लो २४ घण्टामा २० हजार ९८९ जनामा कोरोना परिक्षण गर्दा ११ सय २८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १४ जनाको मृत्यु भएको छ ।

शुक्रबार २२ सय १५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर २७ हजार ४४१ सक्रिय संक्रमित छन् ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार १८:३२