ओलीलाई प्रचण्डको फोन : एमसीसीका विषयमा निर्णय लिन आग्रह
।
काठमाडौं । नेकपा माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एमसीसीको विषयमा निर्णय गर्न नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्नु भएको छ ।
बिहिबार साँझ अध्यक्ष प्रचण्डले ओलीलाई टेलिफोन गरेर एमसीसीका विषयमा निर्णय गर्न आग्रह गर्नु भएको हो । जवाफमा अध्यक्ष ओलीले एमसिसी पारित गर्ने जिम्मेवारी सत्ता गठबन्धनको भएको बताउनु भएको छ ।
उहाँले आफूलाई हटाउन अमेरिकनहरूसँग एमसीसी पारित गर्छु भनेर गरेको वाचा पूरा गर्न अध्यक्ष प्रचण्डलाई चुनौती दिनु भएको छ । आफूलाई हटाइसकेपछि ४– ५ महिनामा पारित गर्छौं’ भनेर लिखित कागज नै गर्नुभएको रहेको जवाफ दिनु भएको छ ।
त्यस्तै, उहाँले अहिले सत्ता चलाइरहनु भएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य भएको र पहिले आफूले निर्णय गर्नुस्,नेकपा एमाले त निर्णय गरिहाल्छ भन्नु भएको एमाले प्रचार-प्रसार विभागका उपप्रमुख बिष्णु रिजालले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो लेख्नु भएको छ ।
।